२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

पोल्यान्ड विश्वकपमा

एएफपी

पेरिस — रोबर्ट लेवान्डोस्कीले युरोपेली विश्वकप छनोटमा कीर्तिमान १६ औं गोल गरेपछि पोल्यान्ड आइतबार मोन्टेनेग्रोलाई ४–२ ले हराउँदै अर्को वर्ष हुने विश्वकपका लागि छनोट भएको छ । अर्कोतर्फ विश्वकपको डिफेन्डिङ च्याम्पियन जर्मनीले छनोटमा लगातार दसौं जित निकालेको छ ।


बायर्न म्युनिख स्ट्राइकर लेवान्डोस्कीको गोलसँगै पोल्यान्डले दुई गोलको अग्रता लिएर पनि गुमाएको थियो । त्यसयता भने पोल्यान्ड फेरि लयमा देखियो । सन् २००६ यता पोल्यान्ड विश्वकपको अन्तिम चरण पुगेको हो । ‘दुईको अग्रता लिएर पनि २–२ को स्थितिमा पुग्नु खराब हो, तेस्रो गोलपछि मात्र हामी शान्त हुन सक्यौं,’ लेवान्डोस्कीले प्रतिक्रिया दिए । यससँगै छनोटमा क्रिस्टियानो रोनाल्डोले अहिलेसम्म गरेको १५ गोललाई लेवान्डोस्कीले उछिनेका छन् । ‘विश्वकपमा छनोट हुन सफल भएको सबैलाई बधाई,’ पोलिस प्रशिक्षक एडम नवाल्काले भने, ‘यसका लागि अन्त्यसम्म टिममा एकता आवश्यक थियो ।’ यसै समूह ‘ई’ मा डेनमार्क र रोमानियाले १–१ को बराबरी खेले ।
यस्तोमा समूहमा दोसो रहेको डेनमार्कले अर्को महिना हुने प्लेअफ खेल्नेछ । समूह ‘सी’ मा जर्मनी छनोटका १० मध्ये सबै खेल जित्न सफल रह्यो । यसका लागि उसले अजरबैजानलाई ५–१ ले हरायो । समूहको अर्को खेलमा उत्तरी आयरल्यान्ड नर्वेसँग १–० ले पराजित रहेर पनि प्लेअफका लागि भने छनोट भयो । अर्को महत्त्वपूर्ण खेलमा इङल्यान्डले लिथुवानियालाई १–० ले पन्छायो ।

प्रकाशित : आश्विन २४, २०७४ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?