३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

महिनामै डेढ लाखका झिलिंगा

कान्तिपुर संवाददाता

पोखरा — तिहार नजिकिँदै गर्दा पोखरा–लेखनाथ महानगरपालिका १, बागबजारका ५० वर्षीय निर्भयराज श्रेष्ठ दम्पतीलाई आगन्तुकसँग बोल्ने फुर्सदसमेत छैन । झिलिंगा रोटी बनाउने व्यवसाय थालेका उनीहरूको कामको चाप चाड नजिकिएसँगै बढेको हो ।


‘कामले बोल्ने फुर्सद पाएको छैन,’ रोटी सुकाउँदै गरेका निर्भयले भने, ‘तिहारसम्म त राति पनि राम्ररी सुत्न पाइँदैन ।’ राति १२ बजे सुत्ने र बिहानै ४ बजे उठेर आफू र पत्नी सुशीलाले झिलिंगा बनाउने गरेको उनले सुनाए । महिना अघिदेखि बजारमा दैनिक हजार हाराहारीका झिलिंगाको माग रहे पनि पुर्‍याउन हम्मे परेको उनले बताए । श्रेष्ठ दम्पतीले यो काम थालेको डेढ दशक भयो । यसपटक उनीहरूले १ महिनामै डेढ लाखका झिलिंगा बेचेका छन् । तिहारमा बढी खपत हुने यो पापडजस्तो तेलमा फुराएर खाने परिकारमा पर्छ ।
आकारमा ठूलो र गुणस्तरीय झिलिंगा बनाउने गरेकाले पोखराका अधिकांश पसलबाट अर्डर आउने गरेको उनले बताए । ‘दुवै मिलेर काम गरेका छौं, बनाउँछौं बजार लैजान्छौं,’ सुशीलाले भनिन्, ‘घर खर्च यसैले धानेको छ ।’

 

प्रकाशित : आश्विन २५, २०७४ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?