१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

पानामा पहिलोपल्टएएफपी

एएफपी

कोउभा — ट्रिनिडाड एन्ड टोबेगोसँग हार बेहोरेसँगै अमेरिका आगामी विश्वकपमा नहुने भएको छ । सन् १९८६ देखि लगातार विश्वकप खेल्दै आएको अमेरिका बुधबार ट्रिनिडाडको घरेलु मैदानमा २–१ ले पराजित भयो ।

पानामा पहिलोपल्टएएफपी

छनोटको अन्य खेलमा पानामा र होन्डुरस विजयी भएपछि अमेरिका बाहिरिएको हो ।

पानामाले छनोट भइसकेको कोस्टारिकालाई २–१ ले पराजित गर्दा शीर्षस्थानको मेक्सिको होन्डुरससँग ३–२ ले हार्‍यो । यस नतिजासँगै पानामा तेस्रो स्थान कब्जा गर्दै स्वत: छनोट भयो । चौथो स्थानको होन्डुरस प्लेअफमा स्थान बनाउन सफल रह्यो ।

प्रकाशित : आश्विन २६, २०७४ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?