लेक लागेर मृत्यु

छोटकरी
कान्तिपुर संवाददाता

मोरङ — सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–४ मा बिहीबार लेक लागेर एक बेलायती नागरिकको मृत्यु भएको छ ।

७६१२००२४३ नम्बरको राहदानी बोकेका ६३ वर्षीय टेरिन्स जोन गोस्टलिङको मृत्यु भएको हो । उक्त ठाउँको डोले रिसोर्टको कोठा नम्बर १७ मा उनलाई अचानक लेक लागेर मृत्यु भएको 
प्रहरीले जनायो । 

प्रकाशित : आश्विन २७, २०७४ ०७:२३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

उपचारबाट वञ्चित

कान्तिपुर संवाददाता

जाजरकोट — कुशे गाउँपालिका–९ पैंकस्थित स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा बिरामी मर्कामा परेका छन् । स्वास्थ्य सहायक रामसिंह मण्डल एक महिनादेखि अनुपस्थित छन् ।

६ जनाको दरबन्दी भएको चौकी अहिले अनमीको भरमा सञ्चालित छ । स्वास्थ्यकर्मी नहुँदा कुशे गाउँपालिकाको जिन्ताला, थानबाडा, मेलमिसाऊ, चौराँटा, बिजुलीडाँडा, चाल्ना कफल्ला, लाँता र रिजापाहाडालगायत गाउँका स्थानीय दैनिक उपचार सेवा पाउनबाट वञ्चित भएको बताउँछन् । चौकीमा औषधि र स्वास्थ्यकर्मी नहुँदा उपचारका लागि खलंगा आउन बाध्य भएको स्थानीय भूमबहादुर रोकायले बताए । 

प्रकाशित : आश्विन २७, २०७४ ०७:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT