कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘प्रहरी हाम्रो टोलमा’ प्रभावकारी

कान्तिपुर संवाददाता

प्युठान — प्रहरीले सञ्चालन गरेको ‘प्रहरी हाम्रो टोलमा’ कार्यक्रम प्रभावकारी बनेको छ । यसले गाउँमा शान्तिसुरक्षा कायम रहने सर्वसाधरणको अपेक्षा छ । यसअन्तर्गत गाउँमा गठन गरिएका नागरिक सुरक्षा समन्वय समितिले अपराध रोकथाममा महत्त्वपूर्ण भूमिका खेल्न थालेको गाउँका अगुवाले बताए ।


गाउँमा शान्ति सुरक्षा कामय गर्न मद्धत पुर्‍याएको नौबहिनी गाउँपालिका–६ बाहानेका स्थानीय शंकर केसीले बताए । शनिबार उत्तरी प्युठानको बाहाने र डाम्रीमा सुरक्षा अवस्थाबारे स्थानीयसँग छलफल गरी समन्वय समिति गठन गरिएको छ । यसअघि जिल्लाका ढुंगेगढी र बाग्दुलामा समिति गठन भइसकेका छन् ।

प्रकाशित : आश्विन ३०, २०७४ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?