२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

फिदिम बसपार्क प्रयोगविहीन

कान्तिपुर संवाददाता

पाँचथर — फिदिम नगरपालिका–२ पल्लोटारमा निर्मित बसपार्क प्रयोगविहीन छ । व्यवसायीले गाडी पार्किङ नगर्दा १८ वर्षअघि निर्माण गरिएको बसपार्क बेकामेझंै भएको हो ।

पटक–पटक उद्घाटन गरिए पनि प्रयोगमा नआउँदा लगानी खेर गएको छ । स्थानीयवासीले नगर विकास समितिलाई ९ रोपनी जग्गा नि:शुल्क प्रदान गरेपछि बसपार्क निर्माण गरिएको थियो । भौतिक पूर्वाधार निर्माणका लागि फिदिम नगरपालिका र नयाँ सहर आयोजनाले करोडौं खर्चिएका छन् । 
बस पार्क बनाउन स्थानीय टंकप्रशाद अधिकारीलगायत ८ जना स्थानीयवासीले १ करोड ९ लाख रुपैयाँ बराबरको जग्गा नगर विकास समितिलाई रजिस्ट्रेसन पास गरिदिएका थिए ।

प्रकाशित : आश्विन ३०, २०७४ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?