कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पटाका बिक्रीमा रोक

कान्तिपुर संवाददाता

सल्यान — तिहारलाई लक्षित गर्दै जिल्ला प्रहरीले पटाकाजन्य वस्तुको बिक्रीमा रोक लगाएको छ । पटाका जिल्ला भित्रन नदिन प्रहरीले कपुरकोट, सल्लीबजार, सिमखोली, रामपुरका सुरक्षा जाँचमा कडाइ गरेको हो ।

डीएसपी भरतबहादुर विकले पटकाजन्य वस्तुले मानवीय धनजनको क्षति पुर्‍याउन सक्ने भएकाले निषेध गरिएको बताए । पटाकाकै कारण शान्ति सुरक्षामा समेत असर पुग्ने उनले भनाइ छ । उनका अनुसार चाडपर्व लक्षित गर्दै प्रहरीले श्रीनगर, कपुरकोट र सल्लीबजारमा नागरिक सहायता कक्ष चलाएको छ ।

 

प्रकाशित : आश्विन ३०, २०७४ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?