कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मधेसबाट जन्तर बेच्न पहाड

ग्रहदशा शान्त हुने, भूतप्रेत भाग्ने, शरीरको दुखाइ कम गर्नेलगायत अन्धविश्वास
कान्तिपुर संवाददाता

जाजरकोट — इटहरी नगरपालिका १८, सुनसरीका मोहमद मस्तान र मोहमद अनुवर जन्तर तथा बुटी बेच्न मध्यपश्चिमका पहाड उक्लेका छन् । उनीहरू भेरी नगरपालिका ३, ठाँटीबजारको पीपलचौतारामा बसेर बुटी बनाउन र बिक्री गर्न व्यस्त छन् ।

 मधेसबाट जन्तर बेच्न पहाड

ठाँटीचौतारामा बुटी किन्न स्थानीयको भीड नै लागेको छ । मस्तान र अनुवर जन्तर, बुटी बिक्रीका लागि अघिल्लो सातादेखि यहीँ छन् ।

ग्रहदशा शान्त पार्न, मसान भगाउन, झस्किने, तर्सने, बरबराउनेलगायत समस्या समाधानका लागि जन्तर, बुटीको प्रयोग हुने मस्तान बताउँछन् । उनीहरूले ठाँटीचौतारामा हिमाली, पहाडी र तराई क्षेत्रमा पाइने १ सय ८ ऐंजुरु प्रजातिका जडीबुटीका साथै जनावरको हड्डी र पुच्छरको पसल राखेका हुन् । उनीहरूसँग बुटी बनाउन वर, पीपल, चक्रचाली, भूतकेश, भोजपत्र, कम्मरी, सल्ली, लोठसल्ला, नागबेली, ताजबेली, नीम, पिरार, झौवालगायत जडीबुटी छन् । 
त्यस्तै कालो घोडाको टाप, हेल माछाको हड्डी, ऊँटको दाँत, कछुवाको हड्डी, चौंरीको पुच्छरलगायत पनि रहेको मस्तानले बताए । जडीबुटी र विभिन्न जनावरको हड्डीको टुक्रा मिसाएर जन्तर भर्ने गरेको उनीहरू बताउँछन् । उनीहरू प्रतिजन्तर २ सय ५० देखि हजार रुपैयाँसम्म लिन्छन् । जन्तर बिक्री गर्न भ्याइनभ्याइ भएको उनले बताए ।
उनीहरूले बिक्री गर्ने जन्तरमा प्रयोग गरिएका अधिकांश जडीबुटी हिमाली तथा पहाडी क्षेत्रमा पाइन्छन् । पहाडको जडीबुटी पहाडीलाई बिक्री गर्न तराईवासी आउँदा अनौठो लागेको स्थानीय टीकाराम वलीले बताए । आफ्नै जंगल, डाँडाकाँडा र लेकाली भेकमा पाइने जडीबुटीलाई जन्तरका नाममा मस्तान र अनुवरसँग महँगोमा किन्न हानथाप भएको छ । वलीका अनुसार उनीहरूले दैनिक सय सर्वसाधारणलाई जन्तर, बुटी बेचेर ३० हजारभन्दा बढी कमाइ गरेका छन् ।

प्रकाशित : आश्विन ३०, २०७४ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?