कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

भेटिएको गहना फिर्ता

छोटकरी

सीमा बजार जुलाघाटस्थित यात्रु प्रतीक्षालयमा प्रहरीले फेला पारेको झोलासहित ५ तोला सुनका गहना फिर्ता गरिएको छ ।

बैतडी (कास)–
भारतको मुम्बईबाट तिहार मनाउन फर्कंदै गरेका दशरथचन्द नगरपालिका १० बाराकोटका नरेन्द्र बुडाल र उनकी श्रीमती ज्योति भण्डारीको मंगलबार जुलाघाट बसपार्कको यात्रु प्रतीक्षालयमा सुनका गहनासहितको झोला छुटेको थियो । साँझ प्रहरीको गस्तीले फेला पारेको झोलामा नरेन्द्रको परिचयपत्रसमेत रहेकाले फोन सम्पर्क गरी गहना फिर्ता गरिएको हो । बुडाल दम्पतीलाई बुधबार जिल्ला प्रहरीमा बोलाएर झोला र गहना बुझाइएको छ । ‘परिवारसँगै चार्ड मनाउन घर आयौं, बाटोमै गहनासहितको झोला छुट्यो, फेला परेको खबर नपाउँदासम्म होसै उडेको थियो,’ ज्योतिले भनिन्, ‘गहनासहित भएकाले भेटिने आशा थिएन, प्रहरीले कर्तव्य पूरा गरेर सामान फिर्ता गर्दा खुसी लागेको छ ।’ फेला परेका सुनका गहना कार्यालयमा बुझाएर इमानदारी देखाएको भन्दै टोलीमा संलग्न प्रहरीलाई पुरस्कार दिइने जिल्ला प्रहरी प्रमुख हेरम्ब शर्माले बताए ।

घरमा लुटपाट
कञ्चनपुर (कास)– कञ्चनपुरको भीमदत्त नगरपालिका १ बारकुन्डामा मंगलबार राति एक घरमा लुटपाट भएको छ । ४/५ जनाको समूहले हतियार देखाएर स्थानीय टेकबहादुर कुंवरको घरमा ५ लाखभन्दा बढीे लुटेका थिए । रातको समयमा भरुवा बन्दुक देखाएर नगद र सुनका गहनासँगै भाँडाकुडा र मोबाइलसमेत लगेको कुँवरले प्रहरीलाई जनाएका छन् । जिल्ला प्रहरीका डीएसपी ज्ञानबहादुर सेठीका अनुसार डेढ लाख नगद र ७/८ तोला सुन लुटिएको कुँवर परिवारले जानकारी गराए । मास्क लगाएर आएका ४/५ जनामध्ये केहीले कँुवर परिवारलाई एक कोठामा बन्द गरेर केहीले मालसामान झिकेको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक २, २०७४ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?