एभरेस्ट बैंकद्वारा रक्तदान

कान्तिपुर संवाददाता

काठमाडौं — एभरेस्ट बैंकले आफ्नो २३ औं वार्षिकोत्सवमा राजधानीमा रक्तदान कार्यक्रमको आयोजना गर्‍यो । कार्यक्रममा बैंकका कर्मचारी तथा उपभोक्ता गरी सय जनाले रक्तदान गरेको बैंकले जनाएको छ ।

एभरेस्ट बैंकलेआफ्नो २३ औं वार्षिकोत्सवमा राजधानीमा रक्तदान कार्यक्रमको आयोजना गर्‍यो । कार्यक्रममा बैंकका कर्मचारी तथा उपभोक्ता गरी सय जनाले रक्तदान गरेको बैंकले जनाएको छ । बैंकका अनुसार वार्षिकोत्सवमा नर्भिक इन्टरनेसनल हस्पिटलको सहकार्यमा नि:शुल्क स्वास्थ्य शिविरसमेत आयोजना गरिएको थियो ।

प्रकाशित : कार्तिक ६, २०७४ ०७:५०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

विदेशीले लगाए भाइटीका

कान्तिपुर संवाददाता

पोखरा — पर्यटकीय सहर पोखरामा विदेशी पर्यटकका लागि भाइटीका महोत्सवको आयोजना गरियो । लेकसाइडस्थित बटरफ्लाइ चाइल्ड केयर सेन्टरमा शनिबार गरिएको महोत्सवमा १३ देशका ३५ पर्यटक सहभागी थिए ।


रेन्वो चिल्ड्रेन होमका बालिकाले पर्यटकलाई सप्तरंगी टीका, ढाकाटोपी लागाई नेपाली परम्पराअनुसार उपहार दिए । महोत्सवको एघारौं संस्करणमा अमेरिका, जर्मनी, चीन, बंगलादेश, फ्रान्स, अस्ट्रेलिया र मलेसियालगायत देशका पर्यटक सहभागी थिए । महोत्सव संयोजक लक्ष्मण सुवेदीले भने, ‘यसको आकर्षणले कतिपय पर्यटक दोहोर्‍याएरसमेत आउन थालेका छन् ।’
‘नेपालमा घुम्न आएको मेरो यो सातौंपटक हो, पोखरामा तेस्रोपटक,’ उनले भने, ‘नेपालीको भाइटीकामा सहभागी भएको यो पहिलो अनुभव हो, ज्यादै आनन्द लाग्यो ।’ मलेसियाबाट आएकी मिन्कले पनि भाइटीकालाई आत्मीयता आदानप्रदान गर्ने पर्वका रूपमा आफूले बुझेको बताइन् । भाइटीकामा सहभागी हुनलाई १५ अमेरिकी डलर तिरेर फाराम भर्न लगाइएको थियो ।
टीका लगाइसकेपछि पर्यटक देउसीभैलो र सांस्कृतिक कार्यक्रममा सहभागी भए । आयोजक पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले भाइटीका महोत्सव पोखराका लागि एउटा छुट्टै पर्यटकीय पहिचान बनेको बताए । ‘तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै महोत्सवका माध्यमबाट पर्यटक आकर्षित गर्ने अभिप्राय हो,’ उनले भने, ‘नेपाली संस्कृतिप्रति पर्यटक पनि हुरुक्क हुने गरेको पाएका छौं ।’

 

प्रकाशित : कार्तिक ६, २०७४ ०७:५०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT