कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भारत विजयी

एएफपी

मुम्बई — पिच विवादका कारण खेल नहुने स्थितिमा पुगेको पुनेको दोस्रो वान डे अन्तर्राष्ट्रियमा शिखर धवन र दिनेश कार्तिकको अर्धशतकप्रेरित भारतले न्युजिल्यान्डलाई ६ विकेटले पराजित गरेको छ ।

भारत विजयी

नतिजापछि भारतले शृंखला १–१ को बराबरीमा ल्याएको छ । 
धवनले सानदार ६८ र कार्तिकले नटआउट ६४ रन बनाएपछि भारतले २ सय ३२ रन बनाउँदै २४ बलअगाडि खेल जितेको हो । पिच विवाद भने खेल हुनु अगाडि नै सुरु भएको थियो । भारतीय एक टिभीका संवाददाताले आफूलाई बाजिगरका रूपमा प्रस्तुत गर्दै यसले कस्तो रुप लिन्छ भन्दै पुने मैदानका पिच व्यवस्थापक पान्डुरङ साल्गाओनकारसँग जानकारी बटुलेका थिए ।
‘म्याच फिक्सिङ’ बाट प्रभावित हुँदै आएको क्रिकेटमा ‘पिच फिक्सिङ’ ले नयाँ रुप लिएको छ । भारतीय क्रिकेट बोर्डले पिच व्यवस्थापकलाई खेल सुरु हुनुअगाडि नै बर्खास्त गरेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पिच फिक्सिङ काण्डको छानबिन हुने जनाएको छ । म्याच रेफ्री क्रिस ब्रोडले पिच निरीक्षण गरी खेल्न स्वीकृति दिएका थिए । 
टस जितेको न्युजिल्यान्डले ९ विकेट गुमाई २ सय ३० रन बनाएको थियो । भारतका भुवनेश्वर कुमारले ३ तथा तीव्र बलर जसप्रित बुमराह र स्पिनर युजभेन्द्र चाहलले २–२ विकेट लिए । पहिलो खेल ६ विकेटले जितेको न्युजिल्यान्डबाट हेनरी निकोलसले ४२, कोलिन डी ग्रान्डहोमले ४१ र टोम लाथमले ३८ रन बनाए ।
देव्रेहाते धवनले ८४ बलको इनिङ्समा ५ चौका र २ छक्का तथा कार्तिकले ९२ बल खेली ४ चौका प्रहार गरे । रोहित शर्मा ७, विराट कोहली २९ र हार्दिक पाण्डेय ३० रनमा आउट भएका थिए । तेस्रो खेल आइतबार हुनेछ ।

 

प्रकाशित : कार्तिक ९, २०७४ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?