१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

ग्लोबल आइएमईको भाइबर बैंकिङ

कान्तिपुर संवाददाता

काठमाडौं — ग्लोबल आईएमई बैंकले भाइबरमार्फत बैंकिङ सेवा सुरु गरेको छ । भाइबर बैंकिङ सेवामार्फत ग्राहकले मोबाइल, ल्यापटप, टयाबलेट, कम्पुटरलगायतबाट बैंकिङ सेवाको बारेमा जानकारी लिन सक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

भाइबर बैंकिङ सेवा लिनको लागि बैंकका ग्राहकको मोबाइल नम्बर बैंकको ग्लोबल स्मार्ट मोबाइल बैंकिङ सेवामा रजिस्टर गरिएको हुनुपर्नेछ । ग्लोबल स्मार्ट मोबाईल बैंकिङ सेवामा रजिस्टर गरिएको मोबाइलका प्रयोगकर्ता ग्राहकले भाइबर बैंकिङमार्फत खातामा रहेको रकम तथा स्टेटमेन्ट हेर्न सकिने बैंकले जनाएको छ । 

 

प्रकाशित : कार्तिक १६, २०७४ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?