१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

असीम पहिलो

कान्तिपुर संवाददाता

धरान — कवि विमल गुरुङको ४३ औं जन्मजयन्ती तथा विमल स्मृति पुस्तकालयको २७ औं वार्षिकोत्सव पारेर आइतबार आयोजित राष्ट्रिय कविता प्रतियोगितामा असीम सागर पहिलो भएका छन् । ‘चक्र’ शीर्षक कविता अर्घाखाँचीका कविलाई २० हजार रुपैयाँ रहेको पुरस्कार दिलायो ।


धरान–१८ बुद्धचोकस्थित पुस्तकालयमा आयोजित प्रतियोगितामा तनहुँका प्रकाश रम्घाली दोस्रो भए र १५ हजार रुपैयाँ पाए । मोरङका मनोज मुस्किलले तेस्रो भएर १० हजार रुपैयाँ जिते । प्रतियोगिताका निर्णायकमा कवि मनु मन्जिल र बद्री भिखारी थिए । विजेता कविहरूलाई वरिष्ठ कवि अनिल पौडेल, पुस्तकालयका संरक्षक अध्यक्ष पूर्णबहादुर गुरुङले पुरस्कार वितरण गरेका थिए । उक्त अवसरमा कविद्वय बम देवान र मिश्र वैजयन्तीलाई अभिनन्दन गरियो ।

प्रकाशित : कार्तिक २०, २०७४ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?