कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नदुखेको घाउ

दलहरूको पारा देख्दा हाँसो उठ्छ साथी
कसो गरी देशको शिर उठाउलान् माथि ?

दलहरूको पारा देख्दा हाँसो उठ्छ साथी
कसो गरी देशको शिर उठाउलान् माथि ?
लाठी–तिघ्रा देखाएर भोट माग्न आउँछन्
गर्न खोज्ने इमानदारलाई लाखापाखा लाउँछन्
काँक्रालाई थाँक्रो दियो थाँक्रै हुन्छ धनी
पत्याउनै कठिन भयो गर्लान् यिनले भनी
जनमतलाई नेताहरूले दुरुपयोग गरे
रंगढंग यस्तै रहे जहाज डुब्छ भरे
देशको घाउ यिनलाई अझ नदुखेको किन ?
नेपालीको पीडालाई नबुझेको किन ?
– कृष्ण कुम्पुरे
धादिङ

प्रकाशित : कार्तिक २४, २०७४ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?