३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सुरु भएन मतदाता शिक्षा

कान्तिपुर संवाददाता

पाँचथर — पहिलो चरणको निर्वाचन आउन अब मात्र १६ दिन बाँकी छ । र, पनि मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुन सकेको छैन । निर्वाचन कार्यालयले मंसिर १० गते हुने चुनावका लागि मतदाता शिक्षा सुरु गर्न नसक्दा सर्वसाधारण अन्योलमा छन् ।


मतदाता शिक्षा सामग्री छपाइ तथा आपूर्तिमा ढिलाइ भएकाले कार्यक्रम गर्न नसकेको हो । यसका लागि निर्वाचन आयोगले तालिम र प्रचार सामग्री पठाए पनि गाउँगाउँबाट सहभागी आउन र सूचना सञ्चार गर्न ढिला हुँदा समयमै सूचना दिन नसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि पाँचथरमा १ लाख २५ हजार २ सय १९ मतदाता छन् । जिल्लाको एक नगर र ७ गाउँपालिकामा एक सय एक मतदानस्थल र एक सय ६५ मतदान केन्द्र तोकिएको छ । मतदाता शिक्षाका लागि हरेक मतदान केन्द्रमा एक निर्वाचन शिक्षा कार्यकर्ताको नेतृत्वमा स्वास्थ्य स्वयंसेविकालाई खटाइने कार्यालयले जनाएको छ ।

 

प्रकाशित : कार्तिक २५, २०७४ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?