२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

खानेपानीमा जापानी सहयोग

कान्तिपुर संवाददाता

मोरङ — विराटनगर महानगरपालिकाको खानेपानी सुधार र विकासका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले सहयोग गर्ने भएको छ । खानेपानी अवस्थाबारे जाइकाको प्रतिनिधिमण्डल, महानगरपालिका र खानेपानी संस्थानबीच छलफल भएको हो ।


जाइकाको नेपालका लागि वास एडभाइजर टाकासी सेकी र कार्यक्रम अधिकृत विद्या पोखरेलको टोलीले खानेपानी अवस्थाबारे जानकारी लिएको थियो । टोलीले यसको संरचनाको अनुगमनसमेत गरेको महानगरका कार्यवाहक प्रमुख इन्दिरा कार्कीले बताइन् ।
सेकीले विराटनगरको खानेपानी समग्र विकासका लागि सहकार्य गर्न जाइका तयार रहेको बताइन् । यसका लागि प्राविधिक रूपमा जाइका र महानगरले तयारी थालेको कार्कीको भनाइ छ ।
संस्थानका कामु सहायक प्रबन्धक शैलेन्द्रकुमार साहले महानगर क्षेत्रमा रहेको खानेपानी समस्याबारे बिस्तृत रूपमा जानकारी गराएका थिए । यसअघि विराटनगरमा खानेपानीको कारण जन्डिसबाट ८ जनाको मृत्यु भएको थियो भने संरचना जीर्ण हुँदा सडकमा जमेको र ढलको फोहोर पानीसमेत मिसिँदा अधिकांश उपभोक्ता समस्यामा परेको साहले बताए ।

प्रकाशित : कार्तिक २५, २०७४ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?