कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनप्रतिनिधिलाई अभिमुखीकरण

छोटकरी
कान्तिपुर संवाददाता

जनकपुर — धनुषाबाट विजयी गाउँ तथा नगरपालिका अध्यक्ष उपाध्यक्ष, कार्यकारी प्रमुख एवं लेखा अधिकृतका लागि ‘स्थानीय सरकार सञ्चालन तथा बजेट तर्जुमासम्बन्धी अभिमुखीकरण’ तालिम शुक्रबार सुरु भएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको तीन दिने अभिमुखीकरण तालिममा धनुषाका १८ स्थानीय तहका जनप्रतिनिधि र प्रशासकसहित ७२ जनाको सहभागिता रहेको छ । 
कार्यक्रममा संघीय प्रणाली र नेपालमा स्थानीय सरकार, स्थानीय सरकार सञ्चालन ऐन २०७४, स्थानीय तह सञ्चाल प्रक्रिया, वित्तीय व्यवस्था तथा आर्थिक कार्य प्रणाली, अन्तर सम्बन्धित विषयको व्यवस्थापन, पूर्वाधार विकाससम्बन्धी मापदण्ड, वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा, एकीकृत गुरुयोजना तर्जुमालगायत विषयमा छलफल हुने मन्त्रालयका उपसचिव गुरुप्रसाद सुवेदीले जानकारी दिए । सहभागीलाई प्रशासकीय अदालतका न्यायाधीश काशीराज दाहाल, स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलिया, उपसचिव सुवेदी तथा सुमन घिमिरेले प्रशिक्षित गर्ने छन् ।

प्रकाशित : कार्तिक २५, २०७४ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?