कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

६२ जनाको आँखा शल्यक्रिया

छोटकरी
कान्तिपुर संवाददाता

ताप्लेजुङ — नेपाल नेत्र ज्योति संघ डिचेन डोङ्गला आँखा उपचार केन्द्र ताप्लेजुङद्वारा सञ्चालित नि:शुल्क आँखा शिविरमा ६२ जनाको शल्यक्रिया गरिएको छ ।

५९ को मोतिविन्दु र ३ जनाको साधारण शल्यक्रिया गरिएको उपचार केन्द्रका इन्चार्ज काजी गुरुङले बताए । धनकुटा आँखा अस्पतालको प्राविधिक सहयोगमा लुम्बिनी रण अम्बिका आँखा अस्पताल भैरहवाका डा. सुशीला पट्टेलले शल्यक्रिया गरेकी थिइन् । १९ गतेदेखि सञ्चालित शिविरमा ३ सय ३८ आँखाका बिरामीको उपचार गरिएको गुरुङले जानकारी दिए । डिचेन डोङ्गला आँखा उपचार केन्द्र ताप्लेजुङले प्रत्येक ६–६ महिनामा शिविर चलाउँदै आएको छ ।

प्रकाशित : कार्तिक २५, २०७४ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?