कान्तिपुरकर्मीलाई सम्मान

छोटकरी
कान्तिपुर संवाददाता

हेटौंडा — ३७औं खाद्य दिवसका अवसरमा शुक्रबार सञ्चारकर्मीलगायत उत्कृष्ट कृषकलाई सम्मान गरिएको छ । हेटौंडा उपमहानगर, कृषि विकास कार्यालय र जिल्ला कृषि विकास एलायन्सले संयुक्त आयोजना गरेको कार्यक्रममा कान्तिपुरका जिल्ला संंवाददाता प्रताप विष्टलगायत विभिन्न कृषकलाई सम्मान गरिएको थियो ।

जिसस मकवानपुरका अध्यक्ष रघुनाथ खुलाल र प्रजिअ चक्रबहादुर बुढाले विष्टलाई सम्मानपत्र प्रदान गरेका थिए ।

 

प्रकाशित : कार्तिक २५, २०७४ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्

फोटो पत्रकारिता प्रशिक्षण

छोटकरी
कान्तिपुर संवाददाता

कास्की — विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारका लागि स्तरीय फोटो खिच्ने सीप अभिवृद्धिका लागि पोखरामा दुईदिने व्यावसायिक फोटो पत्रकारिता तालिम शुक्रबार सुरु भएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूह कास्कीको आयोजनामा तालिममा पहिलो दिन समूह अध्यक्ष ध्रुव आले र कान्तिपुरका ४ नम्बर ब्युरो संयोजक भीम घिमिरेले प्रशिक्षण दिए । तालिममा विभिन्न जिल्लाका ३५ जनाको सहभागिता छ । 

 

प्रकाशित : कार्तिक २५, २०७४ ०७:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्