कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हिमपातले जनजीवन कष्टकर

कान्तिपुर संवाददाता

दार्चुला — ब्यासका बस्तीमा बिहीबार साँझ हिमपात सुरु भएको छ । उच्च हिमाली भेगको हिमपातले चिसो बढदा जनजीवन कष्टकर भएको स्थानीयले बताएका छन् ।


ब्यास गाउँपालिका १ तिंकर र छाङ्गरु तथा उच्च भेगहरूमा बाक्लो हिमपात भएको प्रहरीले जनाएको छ । मौसममा एक्कासि परिवर्तन आउँदा बदली भई अपीहिमाल गाउँपालिकाका उच्च भागमासमेत हिमपात भएको स्थानीयले बताए । बिहीबार ५ बजेपछि हिमपात भएको र शुक्रबार दिनभर मौसम सफा रहेको छ । हिमपातपछि अत्यधिक चिसो बढेको स्थानीय बताउँछन् । गाउँमाथिका अग्ला डाँडामा यसअघि नै हिमपात भए पनि गाउँ क्षेत्रमा भने पहिलोपटक पुगेको हो । हिमपात भएपछि मंसिर १० हुने प्रतिनिधि र प्रदेशसभा चुनावसम्म मतदाताले चिसो सहनुपर्ने बाध्यता छ । चिसो बढेसँगै ती क्षेत्रका मतदान केन्द्रमा निर्वाचन प्रभावित हुने देखिएको स्थानीयको भनाइ छ । अझै मतदान हुने दिन आउन अढाइ साता बाँकी रहेकाले मंसिर १० गतेसम्म बाक्लो हिमपात हुन सक्ने सम्भावना रहेको स्थानीय जितसिंहले बताए ।

प्रकाशित : कार्तिक २५, २०७४ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?