भीरबाट लडेर मृत्यु

छोटकरी
कान्तिपुर संवाददाता

सल्यान — बन्गाड कुपिण्डे नगरपालिका ३ का ६२ वर्षीय प्रस्ताव पुनको भीरबाट लडेर मृत्यु भएको छ । बामेको औलबेसीबाट घर फर्कने क्रममा गोठिखोला नजिकै खस्दा उनको मृत्यु भएको हो । भीरबाट खसेका उनको शरीरका विभिन्न भागमा गम्भीर चोट लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक २५, २०७४ ०७:३३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

हिमपातले जनजीवन कष्टकर

कान्तिपुर संवाददाता

दार्चुला — ब्यासका बस्तीमा बिहीबार साँझ हिमपात सुरु भएको छ । उच्च हिमाली भेगको हिमपातले चिसो बढदा जनजीवन कष्टकर भएको स्थानीयले बताएका छन् ।


ब्यास गाउँपालिका १ तिंकर र छाङ्गरु तथा उच्च भेगहरूमा बाक्लो हिमपात भएको प्रहरीले जनाएको छ । मौसममा एक्कासि परिवर्तन आउँदा बदली भई अपीहिमाल गाउँपालिकाका उच्च भागमासमेत हिमपात भएको स्थानीयले बताए । बिहीबार ५ बजेपछि हिमपात भएको र शुक्रबार दिनभर मौसम सफा रहेको छ । हिमपातपछि अत्यधिक चिसो बढेको स्थानीय बताउँछन् । गाउँमाथिका अग्ला डाँडामा यसअघि नै हिमपात भए पनि गाउँ क्षेत्रमा भने पहिलोपटक पुगेको हो । हिमपात भएपछि मंसिर १० हुने प्रतिनिधि र प्रदेशसभा चुनावसम्म मतदाताले चिसो सहनुपर्ने बाध्यता छ । चिसो बढेसँगै ती क्षेत्रका मतदान केन्द्रमा निर्वाचन प्रभावित हुने देखिएको स्थानीयको भनाइ छ । अझै मतदान हुने दिन आउन अढाइ साता बाँकी रहेकाले मंसिर १० गतेसम्म बाक्लो हिमपात हुन सक्ने सम्भावना रहेको स्थानीय जितसिंहले बताए ।

प्रकाशित : कार्तिक २५, २०७४ ०७:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT