म्याद गुज्रेका सामग्री बरामद

छोटकरी
कान्तिपुर संवाददाता

डोल्पा — सदरमुकाम दुनैमा गरिएको बजार अनुगमनमा म्याद गुज्रिएका सामग्री बरामद गरी नष्ट गरिएको छ । त्यस क्रममा १९ पसलबाट २ बोरा म्याद सकिएका दैनिक उपभोग्य सामग्री तथा पेय पदार्थ बरामद भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर केसीका अनुसार अनुगमनका क्रममा बिस्कुट, कोक, फेन्टा, पाकेट दूध, बेसिन पाउडर, स्याम्पु, मसला, रेडबुललगायत फेला परेका थिए ।

 

प्रकाशित : कार्तिक २५, २०७४ ०७:३४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

लागूपदार्थ कारोबारी पक्राउ

छोटकरी
कान्तिपुर संवाददाता

गुलरिया — लागूऔषध खैरो हेरोइन कारोबारी आरोपमा गुलरिया ६ का सलिम इद्रिसीलाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट लागूऔषध खरिद गरी काठमाडांैमा बेच्दै आएका उनी प्रहरीको सर्वाधिक खोजीमा थिए ।

काठमाडांैस्थित लागूऔषध नियन्त्रण ब्युरो अपराध तथा कारबाही शाखा कोटेश्वर प्रहरीले खोजी गर्ने क्रममा गुलरियाबाट उनलाई नियन्त्रणमा लिएको हो । 

 

प्रकाशित : कार्तिक २५, २०७४ ०७:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT