१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

कार्यालय प्रमुखसहित २ पक्राउ

कान्तिपुर संवाददाता

कञ्चनपुर — जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका प्रमुख इन्जिनियरसहित दुई जनालाई घूस लिएको अभियोगमा अख्तियारको टोलीले पक्राउ गरेको छ । उनीहरूलाई सेवाग्राहीबाट लिएको रकमसहित शुक्रबार पक्राउ गरिएको हो ।

जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर केदार शर्मा र सबओभरसियर डण्डीराज पाण्डेयलाई ६ लाख घूस लिएको रकमसहित पक्राउ गरेको अख्तियारको महेन्द्रनगरस्थित कार्यालयका सूचना अधिकारी खिमानन्द पाठकले बताए । उनका अनुसार प्रमुख इन्जिनियर शर्माको सरकारी निवासबाट उक्त रकम बरामद गरिएको हो ।
‘सेवाग्राहीले थप १४ लाख ३० हजारको चेकसमेत दिएको पाइएको छ,’ पाठकले भने, ‘तर उक्त चेक हामीले पाइसकेका छैनौं, त्यस विषयमा अनुसन्धान चलिरहेको छ ।’ नगद रकम भने शर्माको ओछ्यानमा पाइएको हो । 
उनले जिल्लाका प्राविधिक कार्यालयको ठेक्कापट्टाबापत उक्त घूस लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको बताए । अख्तियारका अनुसार प्रमुख इन्जिनियर शर्माले सबओभरसियर पाण्डेयलाई सेवाग्राहीबाट रकम र चेक बुझेर आफ्नो निवासमा राख्न लगाएका थिए । उनी आफैंले रकम र चेक नबुझी चलाखीपूर्ण ढंगले सबओभरसियरलाई खटाए पनि अख्तियारले विगत ३/४ दिनदेखि यही विषयको निगरानी गरिरहेको थियो ।

 

प्रकाशित : कार्तिक २५, २०७४ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?