दुर्घटनामा एकको मृत्यु

छोटकरी
कान्तिपुर संवाददाता

भैरहवा — लुम्बिनी–भैरहवा सडक खण्डअन्तर्गत वनगाई चोकमा शुक्रबार भएको दुर्घटनामा १ युवकको मृत्यु भएको छ । ना४ख ४६१ को मालवाहक ट्रकले लु३प ७५२४ को स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा भएको उक्त दुर्घटनामा स्कुटर चालक मायादेवी–६ का २३ वर्षीय सरिन भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : कार्तिक २५, २०७४ ०७:३६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

४० विद्यार्थी घाइते

छोटकरी
कान्तिपुर संवाददाता

नवलपरासी — भूमही– भैरहवा सडक खण्डको रामग्राम १५ सुक्रौलीमा स्कुल बस दुर्घटना हुँदा ४० जना विद्यार्थी घाइते भएका छन् । चितवनको भरतपुर–१६ स्थित देवज्योति आधारभूत विद्यालयका विद्यार्थी बोकेर लुम्बिनीको शैक्षिक भ्रमणमा हिँडेको ग१ख ३१८९ नम्बरको बस शुक्रबार दुर्घटनामा परेको हो ।

पट्टा भाँचिएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ । 

 

प्रकाशित : कार्तिक २५, २०७४ ०७:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT