कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

ब्राइट युथ र फ्रेन्ड्स भिड्ने

कान्तिपुर संवाददाता

काठमाडौं — राजधानीमा हुने ए डिभिजनस्तरीय फुटबल प्रतियोगिता चन्द्रागिरि गोल्डकपको मंगलबार उद्घाटन खेलमा आयोजक ब्राइट युथ क्लब र फ्रेन्ड्स क्लबसँग खेल्ने भएको छ । मंसिर ४ सम्म नैकाप मैदानमा चल्ने प्रतियोगितामा सात ए डिभिजन क्लब र आयोजक गरी ८ टिमले प्रतिस्पर्धा छन् ।

प्रतियोगिताका अन्य टिममा त्रिभुवन आर्मी, नेपाल पुलिस र नेपाल एपीएफ क्लबसहित संकटा, हिमालयन शेर्पा, जावलाखेल युथ छन् ।
पहिलो चन्द्रगिरि गोल्डकप विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले जनही ३० हजार र हरेक खेलका म्यान अफ द म्याचले ३ हजार पाउने छन् ।

प्रकाशित : कार्तिक २८, २०७४ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?