कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

भोट दिनुअघि एकफेर सोचौं

यो चुनावमा हाम्रालाई हैन राम्रालाई भोट गरौं । हामीले साँच्चिकै देशको विकास अनि चुस्तदुरुस्त प्रशासन नै चाहेको हो भने विगतका चुनावमा झैं दुई गिलास रक्सी र दुई चोक्टा मासु अनि दुई छाक मासुभातको भरमा कसैलाई भोट नहालौं ।

छातीमा हात राखेर एकपटक राम्रोसँंग सोचांै, देशको स्थितिलाई । किनकि पटक–पटक हामीलाई त्यही दुई चोक्टा मासु र रक्सीमा सुताएर तपाई–हामीबाट मत प्राप्त गरी देशको विकास गर्छु भन्नेहरूले देश बर्बाद गरिसके, लुट्नुसम्म लुटिसके । तपाईं–हाम्रो छोराछोरीलाई अझ पनि अरबको मरुभूमिमा पसिना, श्रम र समय बेच्न पठाउने हो कि नेपालमै केही गर्ने वातावरण सिर्जना गर्ने हो ? भोट दिनुभन्दा एक मिनेटअघि सम्झनुस् । फेरि बितल पर्ला । 
– भोज खपांगी मगर
जापान

 

प्रकाशित : कार्तिक २८, २०७४ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?