१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

उम्मेदवारको गाडीमा बम प्रहार

कान्तिपुर संवाददाता

भोजपुर — एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य पूर्वसूचना तथा सञ्चारमन्त्री भोजपुर प्रदेश ‘ख’ का उम्मेदवार शेरधन राई चढेको गाडीमा नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादीको एक समूहले बम र गोली प्रहार गरेको छ ।


भोजपुर सदरमुकामदेखि टेम्के मैयुङ गाउँपालिका–८ गोगनेको चुनावी सभामा जाँदै गरेका बेला बिहान ९:५० मा टेम्के मैयुङ गाउँपालिका–६ कोटको सिक्तेल खोलामा पूर्वमन्त्री तथा उम्मेदवार राईमाथि लक्षित गरी बम र गोली प्रहार भएको हो । बमले राई चढेको बा१५ज ५६०८ नम्बरको ल्यान्डरोभर क्षतिग्रस्त भएको छ भने सुरक्षा गार्ड असई डिल्ली देवकोटाको दाहिने हातमा गोली लागेको छ । उम्मेदवार भने सकुशल रहेको एमाले सचिव शरणकुमार राईले बताए ।
गाडी हिँडिरहेका बेला प्रहार भएको सकेट बम गाडीमा लगेको थियो । बम प्रहारपछि उम्मेदवारलाई लक्षित गरी २१ राउन्ड गोली प्रहार भएको शरणकुमारले बताए । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल टक्सार गुल्मको सुरक्षा टोली घटनास्थालतर्फ लागेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रकाशित : कार्तिक २९, २०७४ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?