डिभिजन सडकमा ताला

छोटकरी
कान्तिपुर संवाददाता

दोलखा — समयमै भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीले दोलखास्थित डिभिजन सडक कार्यालयमा ताला लगाएका छन् । साउन महिनामै पाउनुपर्ने करिब ७ करोड भुक्तानी रोकिएकाले मंगलबारदेखि तालाबन्द गर्नुपरेको निर्माण व्यवसायीले बताएका छन् ।

चरिकोट–दोलखा, कृषि बजार, जिरी सडक सुधारलगायतका कामको भुक्तानी रोकिएको कार्यालयको भनाइ छ । डिभिजन सडक प्रमुख अशोक तिवारीले अर्थमन्त्रालयले निकासा नपठाएकाले काम सम्पन्न गरेका निर्माण व्यवसायीलाई भुक्तानी दिन नसकिएको बताए । प्रहरीको सहयोगमा ताला तोडेर काम सञ्चालन गरिने उनले जानकारी दिए ।

प्रकाशित : कार्तिक २९, २०७४ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?