कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

पानी र सडक माग्ने बढी

निर्वाचन नजिकिएसँगै आम मतदातासँग अमूल्य रूपमा रहेको नगदरूपी भोट हाँसी–हाँसी ढोका–ढोकामा आएर मागिलिने र आश्वासनका गुलिया, मिठा–मिठा पुलिन्दा, पोका दिने लेनदेनको दोहोरी अहिले देशैभर चलिरहेको छ ।

दुवै तिथिका निर्वाचनका सिलसिलामा खडा भएका मेचीदेखि महाकालीसम्मका उम्मेदवारसँग कुनै पनि देशको सरकारले जनतालाई नमागिकनै निशुल्क र निर्वाध उपलब्ध गराउनुपर्ने दैनिक जीवनमा आवश्यक पर्ने पानी र सडकको व्यवस्थितबारे माग गरिरहेका छन् । जिल्लाका दूरदराजका विकट गाउँका सर्वसाधारणले त पानी र सडक माग्दा अचम्म मान्नुपर्ने विषय होइन । तर नेपालको राजधानी काठमाडौँका जनताले पनि तिनै दुर्गगमका जनताकै शैलीमा ‘सडक र पानी देऊ’ भन्दै यहाँका उम्मेदवारसामु याचनाको भिख पानी र सडक माग्दा अचम्म लाग्छ होला, कतिलाई । तर यथार्थ त्यही बोल्दैछ, जे आम राजधानीका जनता मागिरहेछन्, वर्षौँदेखि राज्यसँग । परम्परागतका ढुङ्गेधारा, इनार र कुवाहरू अव्यवस्थित सहरीकरणले ध्वस्त बनाइदियो । अधमरो भई बाँकी बचेका ढुङ्गेधारा र इनार पनि महाभूकम्पले जमिन चिराचिरा परेकाले हुनसक्छ सुके । अनि उपत्यका मरुभूमिमा परिणत भयो । सुन्दरीजल, शिवपुरी तथा आसपासबाट ल्याइएका सीमित जरुवा बटुल्दा यहाँको माग धान्न सक्ने सम्भावना भएन पनि । त्रिशूलीबाटै उत्पादित विद्युत प्रयोग गरी त्यहीँको पानी उपत्यका ल्याउन पनि नसकिने नहुनुपर्ने हो । तर प्राविधिक पक्षले नजरअन्दाज गर्‍यो होला, आँट गरेन । उपत्यकाको माग धान्न भनी मेलम्ची आयोजना ल्याउन लागिएको वर्षौँ भयो । यसको आउने कुनै टुङ्गो नै छैन । त्यसकारण यहाँका तमाम जनता अहिले एक नम्बरमा ससर्त मागिरहेका छन्, पिउने पानी । दोस्रो चुरो माग हो, सडकको, जुन अत्यन्त दुरावस्थामा वर्षौंदेखि जीर्ण भई वर्षात्मा हिलाम्मे र हिउँदमा धुलाम्मे बन्दै उपत्यकावासीलाई चरम धुलाले कोलाहल बनाइरहेको छ ।
– श्यामसुन्दर कुइँकेल
हाँडीगाउँ, काठमाडौँ

प्रकाशित : कार्तिक २९, २०७४ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?