सरकारी सवारीसाधनको दुरुपयोग

राज्यको सम्पत्ति भनेको हामी सबैको साझा सम्पत्ति हो, यसको सदुपयोग गर्नु हामी सबैको कर्तव्य हो । तर यसको र्चौतर्फी दुरुपयोग भइरहेको छ ।

हरेक व्यक्तिले सोच्नुपर्छ, मेरो कर्तव्य के हो ? मैले के गर्न हुन्छ, के गर्न हँुदैन ? निर्वाचनको बेला सरकारी गाडी प्रचार–प्रसारका लागि प्रयोग गरेको समाचार आएको छ । यसरी समाचार आइरहँदा पनि सरकारको ध्यान त्यता जानसकेको छैन । मन्त्री पदबाट हटेको महिनौंसम्म गाडी फिर्ता गर्दैनन् । सांसद, मन्त्रीहरू यो जति लाजमर्दो के होला ? निर्वाचन आयोगले आचारसंहिता लागू गरिसक्दा दलका नेताले यसको पालना गरेका छैनन् । निर्वाचन आयोगले चुनावी खर्च कसरी कम गर्न सकिन्छ भनेर आचारसंहिता लागू गरेको हो । 
तर दलका नेताहरू सुन्नेवाला छैनन् । नेताहरू जति खर्च गरेर भए पनि निर्वाचन आफ्नो पक्षमा पार्न मरिहत्ते गरेर लागेका छन् । सरकारी सवारी साधनको दुरुपयोग गर्नमा बहालवाला मन्त्री, बिना विभागीय मन्त्री, सांसद लगायत अन्य सरकारी कर्मचारी छन् भन्ने समाचार आइरहँदा यसप्रति सरकारको ध्यान गएको छैन, नत निर्वाचन आयोगले नै केही गर्न सकेको छ ।
– पुरुषोत्तम घिमिरे
जोरपाटी, काठमाडौं

प्रकाशित : मंसिर ४, २०७४ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?