नेपाल लाइफ इन्स्योरेन्सको उपशाखा

छोटकरी
कान्तिपुर संवाददाता

काठमाडौं — नेपाल लाइफ इन्स्योरेन्सले झापाको चन्द्रगढीमा उपशाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त कार्यालयबाट स्थानीयस्तरमा बिमितले सेवा प्राप्त गर्ने र यसले बिमा बजारको विकासमा थप सघाउ पुग्ने दाबी कम्पनीको छ । कम्पनीले चालु आव ०७४/०७५ को प्रथम त्रैमासिक अवधिमा कुल बिमा शुल्क आम्दानी करिब ३ अर्ब ८० करोड रहेको जारी विज्ञप्तिमा छ ।

प्रकाशित : मंसिर ५, २०७४ ०८:१८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हिमालयन बैंकद्वारा कम्प्युटर प्रदान

छोटकरी
कान्तिपुर संवाददाता

काठमाडौं — हिमालयन बैंक लिमिटेडले आफ्नो पच्चिसौं वार्षिकोत्सवको अवसरमा राजधानीको कुलेश्वर आवास माविलाई १ थान ल्यापटप तथा २० थान कम्प्युटर प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर जबराले उक्त कम्प्युटरहरू विद्यालयका प्रधानाध्यापक मेघराज दुलाललाई हस्तान्तरण गरेको जारी विज्ञप्तिमा छ ।

प्रकाशित : मंसिर ५, २०७४ ०८:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT