३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

राज्यमन्त्रीको घरमा विस्फोट

छोटकरी

बागलुङ — सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ लालीगुराँस चोकस्थित घरमा सोमबार मध्यराति बम विस्फोट भएको छ ।

भुइँतलामा भएको विस्फोटले मानवीय क्षति भने हुन पाएन । बम पड्केको थाहा पाउनासाथ सुरक्षाकर्मी र स्थानीय बासिन्दा खड्का निवास पुगेका थिए । पर्खालमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले सुरक्षा तैनाथी बढाएको छ । बम कसले पड्कायो भन्ने यकिन नभएको प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङले बताए । राज्यमन्त्री खड्का प्रतिनिधिसभा सदस्यका लागि बागलुङ १ बाट कांग्रेस उम्मेदवार पनि हुन् । उनले प्रचार अभियान जारी राखेकी छन् । ‘जनताको अधिकारका लागि निरन्तर लाग्दा बम पड्काएर तर्साउन खोज्नु कायरता हो,’ खड्काले भनिन् । 

 

प्रकाशित : मंसिर ६, २०७४ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?