कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

क्याटवाकमा राजदूत

चेतनाथ आचार्य

बेइजिङ — मोडलले क्याटवाक गरेको त देखिएकै हो, तर कहिलेकाहीँ कुनै कूटनीतिज्ञले त्यही चाल पछयाउँदा कस्तो हुँदो हो? बेइजिङमा आइतबार चीनका लागि राजदूत लीलामणि पौडेल फेसन सोमा देखिए। १७ मुलुकबीच गरिएको भव्य प्रतियोगिता थियो त्यो।

क्याटवाकमा राजदूत

चीनमा रहेका विभिन्न मुलुकका कूटनीतिक नियोगहरूबीच आयोजित कूटनीतिक राष्ट्रिय पोसाक प्रतियोगितामा राजदूत पौडेल सहभागी भएका हुन्। अन्य देशका राजदूतले प्रतियोगितामा क्याटवाक नगरेकाले पनि नेपालको सहभागिताले सबैको ध्यान तान्न सफल रहयो।

उद्घोषकले विशेष जोड दिएर नेपाली समूहलाई मञ्चमा आमन्त्रण गरेका थिए। अगुवाका रूपमा

राजदूतलाई देखेपछि तालीको गडगडाहट लागेको थियो। पृष्ठभूमिमा ‘रेशम फिरिरी...’ धुन बज्दै

थियो, राजदूत पौडेल चीनका लागि सैनिक सहचरी विनोद पाण्डेका छोरा विभूषितसँगै बिरालो

चालमा आए। दौरा, सुरुवाल, कोट र ढाकाटोपी लगाएका राजदूतको हिँडाइ आकर्षकै थियो।

विभूषितले राष्ट्रिय झन्डा उचालेका थिए।दुवैतिर रहेका निर्णायकहरूको बीच हुँदै मञ्चको पल्लो छेउ पुगेर फर्कंदाको क्षण अझै आकर्षक भयो। राजदूत पौडेलले मुसुक्क हाँस्दै देब्रे हातले कोटलाई यसो फर्काएर देखाए, दर्शकदीर्घातिर हात हल्लाए।

राजदूतको क्याकवाकपछि मञ्चमा देखा परिन् सैनिक सहचरी पाण्डेकी श्रीमती उषा, कुमारी

पोसाकमा। क्रमश: मिनिस्टर सुशील लम्सालकी श्रीमती मुना, काउन्सिलर मिनिस्टर हरिश्चन्द्र

घिमिरेकी श्रीमती सिर्जना, तृतीय सचिव उत्तम घिमिरेकी श्रीमती कविता र बेइजिङमा पढदै

गरेका नेपाली विद्यार्थी प्रणय श्रेष्ठलगायतले नेपाली संस्कृति झल्किने प्रदर्शनी गरे। उनीहरूले

नेवारी, तामाङ, शेर्पा, मगर, गुरुङलगायतका जातीय पोसाकमा क्याटवाक गरे।बेइजिङस्थित सिल्क मार्केटमा आयोजित ‘सातौँ वुचौ कप कूटनीतिक राष्ट्रिय पोसाक प्रतियोगिता’ मा यसरी नेपाली कूटनीतिज्ञलगायतले एउटा इतिहास बनाए। यो प्रतियोगिता सात वर्षदेखि हुँदै आए पनि नेपाल सहभागी भएको चाहिँ पहिलोपटक हो।

चिनियाँ सञ्चारमाध्यममा नेपाली संस्कृति र परम्पराबारे प्रचार गर्न यस्तो मञ्चको प्रयोग

गरिएको बेइजिङस्थित नेपाली दूतावासका मिनिस्टर काउन्सिलर हरिश्चन्द्र घिमिरले

कान्तिपुरलाई बताए। यस्ता कार्यले नेपालको संस्कृतिसँगै पर्यटन प्रवद्र्धन हुने घिमिरेले दाबी

गरे।बेलारुस, ब्रुनाई, कोलम्बिया, डेनमार्क, इन्डोनेसिया, कोरिया, मंगोलिया, पाकिस्तान, पेरु,

रुमेनिया, रूस, श्रीलंका, भेनेजुएला, भियतनाम, चीनलगायत सहभागी प्रतिस्पर्धामा नेपालले

‘बेस्ट अर्गनाइजर’ र ‘बेस्ट क्रिएटिभिटी’ गरी दुइटा अवार्ड पायो। अवार्डका साथ २ हजार

चिनियाँ युआन पनि पुरस्कार स्वरूप प्राप्त गर्‍यो। पेरु पहिलो भयो भने बेलारुस दोस्रो र रूस

तेस्रो भए।

प्रकाशित : मंसिर १२, २०७४ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?