कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

गठबन्धनको दादागिरी

मंसिर १२ गते मध्यदिनमा राजधानीको नयाँबानेश्वर चोकको मूल सडक वाम गठबन्धनले कब्जामा लिए । मूल सडकमा वाम गठबन्धनले पूरै सडक बन्द गरी चुनावी आमसभा गर्‍यो । उक्त समयमा नयाँबानेश्वर क्षेत्रमा सम्पूर्ण सवारी साधनलाई आवत–जावतमा प्रतिबन्ध लगाइयो ।

सार्वजनिक सडकमा कुनै पार्टी विशेषले गरेको उक्त चुनावी सभामा सवारी साधनलाई प्रतिबन्ध लगाउनमा नेपाल प्रहरीले पनि निकै मिहिनेतका साथ सहयोग गरिरहेको देखियो । यसले गर्दा आम जनताले दु:ख र सास्ती भोग्नुपर्‍यो । के कुनै पार्टी विशेषले सार्वजनिक सडकमा आवागमन नै बन्द गरी चुनावी सभा गर्न पाउँछ, हुन्छ ? यो चुनाव आचारसंहिताको खुल्ला उल्लंघन हो कि होइन ? यो जनताको आवागमन स्वतन्त्रता माथिको हस्तक्षेप हो कि होइन ? यो वाम गठबन्धनको दादागिरी हो कि होइन ?
– गोविन्द श्रेष्ठ
नयाँबानेश्वर, काठमाडौं

प्रकाशित : मंसिर १४, २०७४ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?