२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

क्षयरोगप्रति उदासीनता

क्षयरोग स्वास्थ्य समस्याको रूपमा देखिएको छ । मानिसको जीवनचक्रमा प्रत्यक्ष असर पार्ने यो रोगलाई नियन्त्रण गर्न सरकारको अथक प्रयासका बाबजुद खासै उपलब्धि हुनसकेको छैन र क्षयरोगीको संख्या थपिँदै गइरहेको छ, मृत्युको कारण तत्त्व क्षयरोग देखिएको छ ।

यो हावाको माध्यमबाट सर्ने भएको हुनाले क्षयरोगलाई नियन्त्रण गर्न नसक्दा क्षयरोगीको संख्यामा वृद्धि हुँदै गइरहेको छ । अर्काे पक्ष भनेको क्षयरोगीले लामो समयसम्म औषधी सेवन गर्नुपर्ने झन्झटिलो अवस्था, नियमित डट्स प्रविधिद्वारा औषधी सेवन गर्नुपर्ने पट्यारलाग्दो अवस्था, पायक पर्ने ठाउँमा औषधी उपलब्ध नहुनु र औषधी सेवन गर्न सुरु गरेपछि रोग निको भएको महसुसले बीचैमा औषधी सेवन गर्न छोड्नु नै कडा खालको क्षयरोगलाई निम्त्याउनु हो । यस्तो परिस्थितिमा क्षयरोगीलाई व्यापक रूपमा चेतनाले निखार्नु नै क्षयरोगलाई नियन्त्रण गर्ने प्रमुख उपाय हो । 
– प्रमोद पौडेल
श्रीपुर–११, वीरगन्ज

प्रकाशित : मंसिर १४, २०७४ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?