कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘कांग्रेस गठबन्धन दक्षिणपन्थी’

दमक — एमाले अध्यक्ष केपी ओलीले कांग्रेस नेतृत्वको गठबन्धन दक्षिणपन्थी भएको आरोप लगाएका छन् । ओलीले लोकतन्त्र नै नबुझेको पार्टीको गठबन्धनलाई ‘लोकतान्त्रिक नभनिदिन’ आग्रहसमेत गरेका छन् ।

‘कांग्रेस गठबन्धन दक्षिणपन्थी’


उनले मुलुकमा अहिले वामपन्थी लोकतान्त्रिक र दक्षिणपन्थी गठबन्धन चुनावी मैदानमा रहेको टिप्पणी गरे । झापाको निर्वाचन क्षेत्र ५ को दमक ९ मा कोणसभालाई शुक्रबार सम्बोधन गर्दै ओलीले वाम गठबन्धनबाहेक अर्को कुनै पक्ष लोकतान्त्रिक हुनै नसक्ने दाबी गरे ।‘
सञ्चारकर्मी साथीहरूलाई शब्द चयनमा ध्यान दिन मेरो अनुरोध छ । लोकतान्त्रिक नभएको पार्टीको गठबन्धन कसरी लोकतान्त्रिक भयो ?’ उनले भने, ‘कांग्रेसको गठबन्धन लोकतान्त्रिक होइन, दक्षिणपन्थी हो । असली लोकतान्त्रिक गठबन्धन त हाम्रो हो ।’ उनले दक्षिणपन्थी गठबन्धन बनेकामा आफूहरूले छाती नपिटेको बताए । उनले भने, ‘उनीहरू सबै मिले हुन्छ । भोलि उनीहरू सबैलाई जरैदेखि उखेलेर फाल्न सजिलो हुन्छ ।’ ओलीले जथाभावी निर्णय नगर्न पनि वर्तमान सरकारलाई सचेत गराए । उनले अहिले गरेका निर्णयहरू चुनावपछिको सरकारले एकमुष्ट रद्द गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत दिए । ‘प्रहरीभित्र खेल्ने काम बन्द गरियोस् । आचारसंहिताविपरीत सरुवा, बढुवा किन गर्नुपरेको ?’ ओलीले भने ।
अध्यक्ष ओलीले शेरबहादुर देउवा भूलचुकमा प्रधानमन्त्री बनेको टिप्पणी गरे । उनले प्रधानमन्त्री देउवालाई संविधान संशोधनको सपना नदेख्न पनि सुझाए । उनले भ्रमपूर्ण कुरा गरेर संविधान संशोधन नहुने बताए । ‘संविधान संशोधन गर्न संसद्मा दुई तिहाइ मत चाहिन्छ । एकतिहाइ मत नभएको कांग्रेसले कसरी गर्छ संविधान संशोधन ?’ उनको प्रश्न थियो । उनले कांग्रेसले पहिचानको कुरा गरेर पहाड र मधेसीलाई भिडाउन खोजेको आरोपसमेत लगाए ।

 

प्रकाशित : मंसिर १६, २०७४ ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?