१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बिचरा नेपाली जनता !

सत्ता सिकारीहरूको सङ्ख्या दिनानुदिन बढ्दै छ
त्याग र निष्ठाको राजनीति बिस्तारै–बिस्तारै सड्दै छ ।
कहींकतै खोजेर पाइन छाडियो राष्ट्रियता यहाँ
ब्वाँसा, मुसा र छेपाराहरूको लाम उकालो चढ्दै छ ।

सत्ता सिकारीहरूको सङ्ख्या दिनानुदिन बढ्दै छ
त्याग र निष्ठाको राजनीति बिस्तारै–बिस्तारै सड्दै छ ।
कहींकतै खोजेर पाइन छाडियो राष्ट्रियता यहाँ
ब्वाँसा, मुसा र छेपाराहरूको लाम उकालो चढ्दै छ ।
समाज र राष्ट्रका लागि मरिमेट्नेहरू पनि छन्, कोही–कोही
तर तिनीहरूको पाइला ठाउँका ठाउँमै अड्दै छ ।
महान् उद्देश्य त अवश्य थियो, हजारौंको बलिदानीमा
सत्ता, सुविधा, प्रतिशोध र प्रतिहिंसाको भावना गड्दै छ ।
कति सुनोस्, कति पढोस् बिचरा नेपाली जनता पनि †
अझै पनि भाषण सुन्दै अनि घोषणापत्र मागेर पढ्दै छ ।
– इन्द्रकुमार श्रेष्ठ
कमलाकुञ्ज, ओखलढुंगा

प्रकाशित : मंसिर १८, २०७४ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?