कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अज्ञात रोगले एकको मृत्यु

रुकुम पूर्व — जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकाका २ वटा वडामा अज्ञात रोग फैलिएपछि स्थानीय त्रसित भएका छन् । ४ नम्बर वडाको अर्जल र ९ नम्बर वडाका ७ वटा गाउँमा एक साताअघिदेखि फैलिएको अज्ञात रोका कारण १ जनाको मृत्यु भइसकेको छ भने अन्य ६० भन्दा बढी बिरामी छन् ।

९ नम्बर वडाध्यक्ष सुरबहादुर रोकाका अनुसार सोही वडाकी सान्नानी विकको मृत्यु भएको हो । स्वास्थ्यचौकीबाट अहिलेसम्म रोग प्रभावित गाउँमा कोही पनि आएका छैनन् । स्थानीय मेडिकलमा रहेको औषधि सकिएपछि बिरामी समस्यामा परेको अध्यक्ष रोकाले बताए । ‘बिरामीको संख्या पनि बढदै गएपछि जिल्ला अस्पालमा खबर गरेको छु,’ उनले भने ।
४ नम्बर वडाको अर्जल, घुम्मा, कारागाउँ रोगबाट प्रभावित छ भने ९ नम्बर वडाको पुनमचौतारा, चक्पेचौर, सागिनाबोट र खारावाङ गाउँका सर्वसाधारण थलिएका छन् । बालकदेखि वृद्धसम्म बिरामी भएपछि गाउँ नै सुनसान जस्तै छ । बिरामीमा बान्ता हुने, पखाला लाग्ने, टाउको दुख्ने, पेट दुख्ने, हातखुट्टा दुख्ने तथा सुनिने, रिंगटा लाग्ने जस्ता लक्षण देखिएका छन् । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र सापकोटाले १ जनाको मृत्यु भएको र २ वटा वडामा बिरामी भएको खबर आएको बताए । प्रजिअ सापकोटाले भने, ‘त्यसका निम्ति स्वास्थ्यकर्मीलाई त्यसतर्फ पठाउने तयारी भइरहेको छ ।’ 
जिल्ला अस्पताल रुकुम पश्चिमका महामारी रोग नियन्त्रणका सम्पर्क व्यक्ति नन्दलाल महतोले मंगलबार बिहानै २ जना डाक्टरसहित औषधि प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको बताए । बेलुका अबेर खबर आएकाले सोमबार नै डाक्टर पठाउन नसकिएको उनले बताए ।

 

प्रकाशित : मंसिर १९, २०७४ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?