कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारको सही निर्णय

नारायणगढको मुख्य सडक वरपर रहेका घरहरू हटाउने तयारी भइरहेको र नारायणगढ बजार संरक्षण समिति नै गठन भई उक्त समितिले विभिन्न पहल गर्दै त्यसलाई रोक्न माग हुँदै आएकोमा केही दिन अघिमात्रै सरकारले नारायणगढको मेनरोड वरपर रहेका घरहरू नहटाउने निर्णयमात्र नगरी नारायणगढ बजारलाई सहरी क्षेत्र घोषणासमेत गरेको छ ।

यो निश्चय पनि स्वागतयोग्य निर्णय भएको छ । यस्तै सरकारले हेटौंडा बजारलाई सहरी क्षेत्र घोषणा गरी वैकल्पिक बाटो बनाई चौकी टोलसम्मको बाटोलाई विस्तार नगर्ने समेत निर्णय गरेको छ । जुन अर्को स्वागतयोग्य निर्णय भएको छ । तर यस किसिमको निर्णयको माग र आन्दोलन पटक–पटक हुँदासमेत निर्णय नगरेको अवस्थामा निर्वाचनको मुखैमा यस किसिमको निर्णय किन गरियो ? अन्त्यमा सरकारमा बस्नेहरूले यही समय पर्खेर निर्वाचनको मुखैमा निर्णय गर्दा मत प्रभाव पार्न सकिएला भन्ने गलत नियत प्रस्ट भएन र ? 
– गोविन्दकृष्ण श्रेष्ठ
टाँडी, चितवन

प्रकाशित : मंसिर २०, २०७४ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?