रुसलाई शीतकालीन ओलम्पिकमा प्रतिबन्ध

एएफपी

लुसान — अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले मंगलबार सन् २०१८ को शीतकालीन ओलम्पिकबाट रुसलाई प्रतिबन्ध लगाएको छ । सरकारबाट प्रायोजित डोपिङ कार्यक्रम चलाएको आरोपमा रुसमाथि यो प्रतिबन्ध लागेको हो । रुसमाथि यस कारबाहीका बावजुद दोष नलागेका खेलाडीले ओलम्पिक झण्डामुनि रहेर प्रतियोगितामा भाग लिन भने पाउने छन् ।

 रुसलाई शीतकालीन ओलम्पिकमा प्रतिबन्ध


डोपिङ प्रकरणमा कुनै देशमाथि गरिएको यो नै अहिलेसम्म सबैभन्दा ठूलो कारबाही हो । दक्षिण कोरियाको पेङचाङमा शीतकालीन ओलम्पिक सुरु हुन ६५ दिन बाँकी हुँदा रुसमाथि यो कारबाही भएको हो । आईसीसी अध्यक्ष थोमस बाचले रुसमाथि ओलम्पिक भावनामा चोट पुर्‍याएको हुँदा यस्तो कारबाही गर्नुपरेको दाबी गरे ।
वल्र्ड एन्टी डोपिङ एजेन्सी (वाडा) र आईओसीको आफ्नै छानबिनका क्रममा रुसले सरकारी प्रयोजनमै आफ्ना खेलाडीलाई प्रतिबन्धित औषधी प्रयोगका लागि कार्यक्रम चलाएको पाइएको थियो । सन् २०१४ मा सोचीमा भएको शीतकालीन ओलम्पिकका क्रममा रुसले डोपिङ कार्यक्रमलाई अझ अगाडि बढाएको थियो ।

प्रकाशित : मंसिर २१, २०७४ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?