३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

अष्ट्रेलिया सिरिजमा अगाडि

एएफपी

एडिलेड — पेसम्यान मिचेल स्टार्क र जोस हेजलवुडले घातक बलिङ गरेपछि अष्ट्रेलियाले दोस्रो टेस्टमा बुधबार इंग्ल्यान्डलाई १ सय २० रनले हराएको छ । यससँगै पाँच टेस्टको सिरिजमा अष्ट्रेलियाले २–० को अग्रता बनायो ।

अष्ट्रेलिया सिरिजमा अगाडि

हेजलवुडले इंग्ल्यान्डको जित्ने झिनो सम्भावना समाप्त पार्न जो रुटलाई दिनको तेस्रो ओभरमा आउट पारे र आफ्नो टिमलाई पहिलो दिवारात्रि एसेज टेस्टमा ऐतिहासिक जित दिलाए ।
स्टार्कले पुछारका ब्याट्सम्यानलाई आफ्नो सिकार बनाए । उनले ८८ रन खर्चेर ५विकेट लिए । पछिल्लो एसेज विजेता इंग्ल्यान्डलाई अर्को साता तेस्रो टेस्टसँगै सिरिज गुमाउने डर हुनेछ । तेस्रो टेस्ट पर्थको वाका मैदानमा हुनेछ । सन् १९७८ यता त्यस मैदानमा इंग्ल्यान्डले जित निकाल्न सकेको छैन । दोस्रो टेस्ट जितेयता अस्ट्ेरलियाली कप्तान स्टिभ स्मिथले भने, ‘टिममाथि हाम्रो विश्वास र भरोसा पूरा कायम थियो ।’

बोल्ड हुँदै बेरस्टो ।तस्बिर : रोयटर्स

उनले अगाडि भने, ‘बिहानी सत्रमा हामीलाई सटिक बलिङ गर्नुपर्ने आवश्यकता थियो । चाँडै एक वा दुई विकेट हात परेमा सबै खाले समीकरण परिवर्तन हुने तय थियो ।’
एडिलेड ओभलमा जितका लागि ३ सय ४५ रनको कीर्तिमान लक्ष्य पछयाइरहेको इंग्ल्यान्डका लागि क्रिजमा रुट रहुन्जेल अप्रत्यासित नतिजा आस थियो । तर हेजलवुडको बल रुटको ब्याट छुँदै अगाडि बढयो । त्यसलाई समात्न विकेटकिपर टिम पेनले कुनै भुल गरेनन् ।
रुट अघिल्लो दिनको स्कोर ६७ रनमै कायम रहे । उनी पेभिलियन फर्केपछि इंग्ल्यान्डको सम्भावनामा पनि धक्का लाग्यो । ‘हामी वास्तवमै निराश छौं,’ रुटले प्रतिक्रिया दिए ।
हामीले सक्दो पनि खेलेनौं र आफ्नो खेलप्रति न्याय गर्न सकेनौं । हामी अझै पनि सिरिजमा छौं, यसमा शंका नगरे हुन्छ । हिजो हामीले त्यसरी नै खेल्यौं, जसरी हामी खेल्न जान्छौं । सिरिजका बाँकी खेलमा हाम्रो खेलशैली र रणनीति अहिले जस्तो छ, त्यस्तै रहनेछ ।’
नाइट वाचम्यान क्रिस वोक्स दिनको दोस्रो बलमै आउट भए । उनी पनि हेजलवुडकै सिकार बने । नथान लायनले मोइन खानको विकेट लिए । मोइन लगातार चौथोपल्ट सिरिजमा अर्का अफ स्पिनरको सिकार बने । उनी एलबीडब्लू आउट भए । त्यति बेला इंग्ल्यान्ड ७ विकेट गुमाएर १ सय ८८ रनको स्थितिमा थियो भने दिनको खेलले भर्खर ४५ मिनेट छोएको थियो । क्रेग ओभरटनले ३९ मिनेट क्रिजमा बिताए । ७ रन बनाएका उनी स्टार्कको बलमा आउट भए ।

प्रकाशित : मंसिर २१, २०७४ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?