कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

खटियो टोली

हेटौंडा — यहाँ पनि दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा चुनावको तयारी पूरा भएको छ । कर्मचारी र सुरक्षाकर्मीले धमाधम मतदान केन्द्र बनाएका छन् । बुधबार साँझसम्म सबै केन्द्रमा मतदाता परिचय वितरण गरिएको छ ।


निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्द पौडेलले जिल्लाका १ सय ६४ मतदानस्थलका ३ सय २४ केन्द्रमा २ हजार ५ सय ९२ कर्मचारी खटिएको बताए । जिल्लामा २ लाख ५५ हजार ६ सय ४ मतदाता छन् ।
सिन्धुलीमा पनि मतदान तयारी पूरा भएको छ । मतदानस्थलमा खटिएका मतदान अधिकृत र कर्मचारी मतदाताको पर्खाइमा छन् । शान्तिसुरक्षाको व्यवस्था मजबुत पारिएको छ ।
२ प्रतिनिधिसभा र ४ प्रदेशसभा रहेको सिन्धुलीमा १ सय ३७ मतदानस्थल र २ सय ४० केन्द्र छन् । यी स्थानमा २ सय ४० मतदान अधिकृतसहित १ हजार ९ सय १४ कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृत पूर्णेश्वरप्रसाद उपाध्यायले जानकारी दिए । केही दिनअघि नै मतदानस्थल सुरक्षाका लागि सुरक्षाकर्मी ती स्थानमा पुगेर काम थालिसकेको जिल्ला प्रहरी प्रमुख एसपी टीकाबहादुर केसीले जानकारी दिए । सिन्धुलीमा १ लाख ८१ हजार ५ सय २६ मतदाता छन् । १३७ मध्ये २९ मतदानस्थल अतिसंवेदनशील, ७९ संवेदनशील र २९ वटा सामान्य छन् । सादा पोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित : मंसिर २१, २०७४ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?