कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

पिरलो हरायो

घर–घरमा धाउने पिरलो हरायो
मञ्च सजाउने पिरलो हरायो ।
आकाश र पाताल सारा देखाउँदै
‘झुटपत्र’ छपाउने पिरलो हरायो ।

घर–घरमा धाउने पिरलो हरायो
मञ्च सजाउने पिरलो हरायो ।
आकाश र पाताल सारा देखाउँदै
‘झुटपत्र’ छपाउने पिरलो हरायो ।
धेरै भएथ्यो, कलाकारको दौडधुप
नाच्ने र गाउने पिरलो हरायो ।
लुक्ने र भाग्ने उद्योगपतिलाई
पैसा थमाउने पिरलो हरायो ।
पुङ न पुच्छरको तडक–भडकमा
आँखा लगाउने पिरलो हरायो ।
विकल्प पनि त अर्को थिएन
जनताले दिए, नेताले खायो ।
– इन्द्रकुमार श्रेष्ठ
कमलाकुञ्ज, ओखलढुंगा

प्रकाशित : मंसिर २२, २०७४ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?