१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

विजयी जुलुसमा झडप

रौतहट — विजय जुलुसमा आइतबार मधेसी गठबन्धन र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गर्‍यो ।


निर्वाचन क्षेत्र २ को प्रदेश सभा ‘ख’ का संघीय समाजवादी फोरमका उम्मेदवार रामकिशोरप्रसाद यादवको विजय जुलुसमा कांग्रेस कार्यकर्ताले राजपुर नगरपालिका–५ मा ढुंगामुढा गरेपछि झडप भएको प्रहरीले जनाएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड हवाई फायर र ८ राउन्डभन्दा बढी आश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए । स्थानीयका अनुसार झडपमा दुवै पक्षका आधा दर्जनभन्दा बढी घाइते भएका छन् ।
यस्तै जितको खुसीमा पटका पड्काउने क्रममा इशनाथ नगरपालिका–८ मनसरीस्थित एक घरमा आगलागी भएपछि घरधनी र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । समयमै आगलागी नियन्त्रणमा लिइनाले ठूलो क्षति नभएको प्रहरीले जनायो । प्रहरी टोलीले दुवै पक्षलाई तितरवितर पारेर अवस्था साम्य पारेको थियो ।

प्रकाशित : मंसिर २५, २०७४ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?