दुर्घटनामा मृत्यु

कान्तिपुर संवाददाता

महोत्तरी — जलेश्वर–बर्दिबास सडकको मनरा सिसवा नगरपालिका ७ झिंगास्थानमा आइतबार राति मोटरसाइकल दुर्घटना हँुदा चालककोमृत्यु भएको छ । ना४९प ६४६४ नम्बरको मोटरसाइकलका चालक महोत्तरी गाउँपालिका हरि टोलका २७ वर्षीय राजु मण्डलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।

 

प्रकाशित : पुस ४, २०७४ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्

पढाइ खर्च जुटाउन बालुवा संकलन

छोटकरी
कान्तिपुर संवाददाता

सल्यान — त्रिवेणी गाउँपालिका ३ गोरेज्युलाका १५ वर्षीय राजन बोहरा त्रिवेणी मावि सरिकोटमा कक्षा ७ मा अध्ययनरत छन् । परिवारको भरपर्दो आम्दानी नभएपछि उनी र साथीहरू समूह बनाएर शनिबार तथा विद्यालय समयबाहेक खोलाको बालुवा संकलन गरी बिक्री गर्दै आएका हुन् ।

उनीहरूले बालुवा संकलन गरी बिक्री गरेर पढाइ र घर खर्च जुटाउने गरेको बताए । बोहरासँग दैनिक दुई दर्जनभन्दा बढी बालबालिका बालुवा संकलनमा गएको स्थानीयले बताए ।

 

प्रकाशित : पुस ४, २०७४ ०७:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्