नेपाली सेनाका सहायक रथीले दक्षिण सुडानको सेक्टर कमान्ड नेतृत्व गर्न पाउने भएका छन् । नेपाली सेनाका प्रवक्तासमेत रहेका सहायक रथी नैनराज दाहालले यो अवसर पाएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेश ४ र ६ को सभास्थलदेखि प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरूका कार्यालय र निवास राखिने भवन टुंगो लगाएको छ ।
राजधानीलगायत मुख्य सहरलाई आफ्नो बजार बनाएका पृथ्वी राजमार्ग आसपासका ग्यास उद्योगले सुरक्षाको न्यूनतम मापदण्ड पनि पूरा गरेका छैनन् । मुग्लिन–नौबिसे खण्डको आसपासमा सञ्चालित १९ वटा खाना पकाउने ग्यास र प्लास्टिक उद्योगले सुरक्षाका उपाय नअपनाएका हुन् ।
एमाले अध्यक्ष केपी ओलीले आगामी सरकारले भ्रष्टाचार गर्नेहरूप्रति कडा रबैया अपनाउने बताएका छन् । उनले राजनीतिक, कर्मचारी र व्यापारिक क्षेत्रमा हुने भ्रष्टाचार किटान गरी त्यसमा कडा नीति अवलम्बन गरिने उल्लेख गरे ।
कांग्रेसका युवा नेताहरूले पार्टी नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न जोड दिने भएका छन् । चुनावमा पार्टी पराजयको समीक्षा गर्न बुधबार एक पार्टी प्यालेसमा बसेको युवा नेताहरूको बैठकले केन्द्रीय कार्यसमिति हुँदै महाधिवेशन बोलाउनुपर्ने माग गरेको छ ।
राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गर्ने कि नगर्ने द्विविधामा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार वाम गठबन्धनका मुख्य नेता केपी ओली र पुष्पकमल दाहाललाई राजनीतिक सहमति जुटाउने पहल गर्न आग्रह गरेकी छन् ।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले प्रदेशसभाको समानुपातिकतर्फको परिणाम निकाल्ने कामलाई अन्तिम चरणमा पुर्याएको छ । सातवटै प्रदेशको समानुपातिकतर्फका सम्पूर्ण परिणामको प्रस्ताव बिहीबार साँझसम्म आयोगसमक्ष पेस गर्ने तयारी छ ।
प्रहरी महानिरीक्षक नियुक्ति विवादका क्रममा सर्वोच्च अदालतमा पेस भएको कार्यसम्पादन मूल्यांकन प्रतिवेदनमाथि छानबिन हुने भएको छ । सर्वोच्च अदालतको सात सदस्यीय इजलासले फैसलाको पूर्ण पाठ तयार गरेको दुई सातापछि प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता भएको हो ।
कान्तिपुर दैनिकको नयाँ वेबसाइट कान्तिपुरडेली डट कम बुधबार मध्यरातदेखि सुरु भएको छ । नयाँ वेबसाइटसँगै कान्तिपुर दैनिकको नयाँ एप पनि सार्वजनिक भएको छ । एप एन्ड्रोइड र आईओएस एप स्टोरमा उपलब्ध छ ।
वीरगन्ज महानगरपालिका–२२ सुखचैनामा रहेको सुपर ग्यास उद्योगमा बुधबार भीषण आगलागी हुँदा निभाउन पुगेका दुई अग्नि नियन्त्रककै जलेर मृत्यु भएको छ । अरू दुई अग्नि नियन्त्रक घाइते छन् । ग्यास लिक हुँदा भएको आगलागीमा उद्योगमा रहेका सिलिन्डर निरन्तर पड्किएका थिए ।