कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रानीपोखरीमा अख्यितारद्वारा छानबिन

दामोदर न्यौपाने

काठमाडौँ — रानीपोखरीमा पुरातात्त्विक मापदण्डविपरीत भएका कामबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।

रानीपोखरीमा अख्यितारद्वारा छानबिन

रानीपोखरी प्राचीन स्मारक ऐनविपरीत काम गरेकाले काठमाडौं महानगरपालिका र पुरातत्त्व विभागलाई छानबिन गरी कारबाही माग गर्दै आयोगमा पत्र दर्ता गरेका गरेका थिए । रानीपोखरी पुनर्निर्माण गर्दा काठमाडौं महानगरपालिकाले पुरातत्त्व विभागको स्वीकृति लिएको बताउँदै आएको थियो ।


पुरातत्त्वले स्वीकृति नदिएको दाबी गर्दै आएको थियो । यही विषयमा छानबिन गरेर दोषीलाई छानबिन गर्न माग गरिएको थियो । ‘प्रारम्भिक छानबिन सुरु भएको छ,’ आयोगका प्रवक्ता दीर्घराज मैनालीले भने, ‘हामीले पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहाल र काठमाडौं महानगरपालिकाका कार्यकारी निर्देशक धनीराम शर्मा पौडेललाई बोलाएर छलफल गरिसकेका छौं ।’


‘काठमाडौं महानगरपालिकाले पुरातत्त्व विभागको स्वीकृति नलिएर प्राचीन स्मारक संरक्षण नियमावलीको भाग ४ को दफा ५ को उफदफा १ सँग बाझिने गरेर मौलिकता र संवेदनशीलतालाई ध्यान नदिएर कंक्रिट र डोजर प्रयोग गरेर हाम्रो धारा ३२ (मौलिक अधिकार) ले दिएको अधिकार हनन हुने गरेर आफूमा कानुनमा भएको अधिकार दुरुपयोग गरेर कानुनसँग बाझिने काम गरेकाले कारबाही गरी पाउँm,’ अख्तियारलाई बुझाएको पत्रको पहिलो बुँदामा माग गरिएको छ ।


प्राचीन स्मारकको संरक्षण गर्ने अधिकार कानुनले पुरातत्त्व विभागलाई दिए पनि यो ऐनअनुसार सम्पदा संरक्षण गर्नुपर्ने दायित्व हुँदाहँुदै पनि पुनर्निर्माण गर्दा मौन बसेर अख्तियारको दुरुपयोग गरेकाले पुरातत्त्व विभागलाई पनि छानबिनको दायरामा ल्याएर कारबाही गर्न माग गरिएको छ । ‘प्राचीन स्मारक संरक्षण ऐन २०१३ को दफा ३ को खण्ड ‘ख’ ले सार्वजनिक प्राचीन स्मारकको संरक्षण पुरातत्त्व विभागले गर्छ भनिएको छ । त्यस्ता प्राचीन स्मारकको संरक्षण, जीर्णाेद्धार र मर्मत पुरातत्त्वले गर्नेछ ।


त्यही दफाको खण्ड ‘घ’ ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टिले महत्त्वपूर्ण मानिएका प्राचीन स्मारकको संरक्षण गर्नेछ भनेर पुरातत्त्व विभागलाई संरक्षकका रूपमा ग्रहण गरेको छ,’ अख्तियारलाई बुझाएको पत्रको दोस्रो बँुदामा भनिएको छ, ‘सरंक्षकको रूपमा ग्रहण गरे पनि काठमाडौं महानगरपालिकाले रानीपोखरीमा कंक्रिट पर्खाल बनाएर रानीपोखरी क्षेत्रमा डोजरको प्रयोग गर्दै पोखरीको क्षेत्रफलसमेत घटाउने काम गर्दा पनि पुरातत्त्व विभाग मौन बसेर आफूले पाएको अधिकार प्रयोग नगरेकाले कारबाही गरिपाऊँ ।’


रानीपोखरी पुनर्निर्माण गर्दा पुरातात्त्विक ऐन मिचेको र करोडौं सम्पत्ति नष्ट गरेको आरोप लगाउँदै सम्पदाप्रेमीले फौजदारी अभियोगअन्तर्गत महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दरखास्तसमेत दिएका छन् । रानीपोखरी पुनर्निर्माण गर्ने क्रममा संविधानले मौलिक हक मानेको भाषा, लिपि, संस्कृति, सभ्यता र सम्पदाको संवद्र्धन हुनुपर्ने अधिकार हनन भएको भन्दै काठमाडौं महानगरका कर्मचारी, पुरातत्त्व विभागका कर्मचारी र रानीपोखरीका ठेकेदारविरुद्ध फौजदारी अभियोगमा कारबाही माग गर्दै जाहेरी दिइएको सम्पदाप्रेमी आलोकसिद्धि तुलाधरले जानकारी दिए ।

प्रकाशित : चैत्र १४, २०७४ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?