१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पोखरामा भारतीय मार्क्सवादी चिन्तक

छोटकरी

पोखरा — पोखरेली प्रगतिशील लेखकहरूसँगको अन्तक्र्रियामा भारती माक्र्सवादी चिन्तकहरू सहभागी भएका छन् । शशिप्रकाश, सत्यम र कात्यायनी मंगलबार पोखरामा आयोजित अन्तर्क्रियामा सहभागी भए ।

पोखरामा भारतीय मार्क्सवादी चिन्तक

घनश्याम ढकाल स्मृति कक्षमा शशिप्रकाशले भारतमा माक्र्सवादी कला, साहित्य र राजनीतिक क्षेत्रमा भएका विकासबारे प्रकाश पारे । नेपालमा पनि माक्र्सवादलाई स्थापित गराउन योजना बनाएर अघि बढ्न उनले सुझाव दिए । कवि तथा माक्र्सवादी चिन्तक कात्यायनीले भारतमा महिला लेखिकाहरूको स्तर अझै उठ्न नसकेको बताइन् ।


लैंगिकताका सवालमा महिला लेखकहरूको लेखन अल्झिइरहेको भन्दै उनले पहिचावादी लेखन पनि अघि बढेको भनाइ राखिन् । साहित्यकर्मी राजेन्द्र पौडेलको संयोजनमा भएको कार्यक्रममा गण्डकी साहित्य संगमका अध्यक्ष कृष्णराज अधिकारीले पोखराको प्रगतिवादी लेखन र साहित्यिक गतिविधिबारे प्रकाश पारेका थिए ।

प्रकाशित : चैत्र २१, २०७४ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?