कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पुवुदु र्फकने तयारीमा

काठमाडौ — नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुवुदु दसानायके नेपाल र्फकने भएका छन्। उनले आफू राष्ट्रिय टिम सम्हाल्न आउने दिन निश्चित नभए पनि अगस्त तेस्रो साता आउने बताएका छन्।

पुवुदु र्फकने तयारीमा

पुवुदुले टेलिफोन सम्पर्कमा युवा तथा खेलकुद मन्त्रालयको पत्र प्राप्त भएको र उनीहरूसँग कुरा भइराखेको बताएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले आर्थिक अभाव देखाउँदै पुवुदुको करार अवधि थप नगर्ने निर्णय गरेको थियो। यसै अन्योलका कारण अहिले क्यानडामा रहेका उनलाई बोलाउनका लागि मन्त्रालयले सबै खर्च बेहोर्न निर्णय गरेको थियो।

त्यसैले साउन २ गते मन्त्रिपरिषद्को बैठकले उनलाई एक वर्षका लागि बोलाउने युवा तथा खेलकुद मन्त्रालयको निर्णयलाई पारित गरेको थियो। यससँगै नेपाली क्रिकेटलाई सफलता दिलाउन सफल प्रशिक्षक पुवुदु र्फकने सम्भावना धेरै बढेको थियो।
 

प्रकाशित : श्रावण १२, २०७१ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?