नेपाललाई एक स्वर्ण

काठमाडौ — लन्डनको रिभरमिडमा भएको १० औं अन्तर्राष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले एक स्वर्णसहित सात पदक जितेका छन्।


टिम प्रशिक्षकका साथै प्रतियोगितामा प्रतिस्पर्धा समेत गरेका अशोक खड्काका अनुसार नेपालले १ स्वर्णसहित ३ रजत र तीन कांस्य जितेको छ। अशोकले पुम्सेमा रजत हात पार्न सफल भए।
एनआरएनए, यूके, जेन मार्सल आर्टस्, यूके र सगरमाथा तेक्वान्दो डोजाङ, यूकेको संयुक्त आयोजनामा भएको प्रतियोगितामा अमिता राईले नेपाललाई दोहोरो पदक दिलाइन्। अमिताले पुम्सेमा स्वर्ण र ४६ केजीमुनि तौलसमूहमा रजत जितिन्।
अर्जुन सुनुवारले पुम्सेमा रजत जिते। त्यस्तै, रोहित तामाङले ६८ केजीमुनि, सरिता श्रेष्ठले ४६ केजीमुनि र मनोज लामाले ५८ केजीमुनि कांस्य हात पारे।
प्रतियोगितामा टिम प्रशिक्षक अशोकसहित नेपालबाट ८ जनाले प्रतिस्पर्धा गरेका थिए। दुईदिने प्रतियोगितामा विभिन्न राष्ट्रका जम्मा ४ सय खेलाडीले जुनियर र सिनियरतर्फ प्रतिस्पर्धा गरेका थिए। नेपाली खेलाडी भने सिनियरतर्फ मात्र सहभागी भए।

 

प्रकाशित : श्रावण १२, २०७१ ०९:४२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पुवुदु र्फकने तयारीमा

काठमाडौ — नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुवुदु दसानायके नेपाल र्फकने भएका छन्। उनले आफू राष्ट्रिय टिम सम्हाल्न आउने दिन निश्चित नभए पनि अगस्त तेस्रो साता आउने बताएका छन्।


पुवुदुले टेलिफोन सम्पर्कमा युवा तथा खेलकुद मन्त्रालयको पत्र प्राप्त भएको र उनीहरूसँग कुरा भइराखेको बताएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले आर्थिक अभाव देखाउँदै पुवुदुको करार अवधि थप नगर्ने निर्णय गरेको थियो। यसै अन्योलका कारण अहिले क्यानडामा रहेका उनलाई बोलाउनका लागि मन्त्रालयले सबै खर्च बेहोर्न निर्णय गरेको थियो।

त्यसैले साउन २ गते मन्त्रिपरिषद्को बैठकले उनलाई एक वर्षका लागि बोलाउने युवा तथा खेलकुद मन्त्रालयको निर्णयलाई पारित गरेको थियो। यससँगै नेपाली क्रिकेटलाई सफलता दिलाउन सफल प्रशिक्षक पुवुदु र्फकने सम्भावना धेरै बढेको थियो।
 

प्रकाशित : श्रावण १२, २०७१ ०९:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT